१८ बुँदे माग पुरा नभएपछि शेयर लागनीकर्ता आमरण अनसनमा


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
१८ बुँदे माग पुरा नभएपछि शेयर लागनीकर्ता आमरण अनसनमा

काठमडौं । सरकारले २ वर्ष अगाडि गरेको प्रतिवद्धता पुरा नगरेपछि शेयर लागनीकर्ताहरू आमरण अनसनमा बसेका छन् । अर्थ मन्त्रालय , नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्च लगायतका नियायले बजार सुधार र विस्तारका लागि गरेको प्रतिवद्धता समेत पुरा नगरेको भन्दै उनीहरू आमरण अनसनमा बसेका हुन् । पूँजी बजार विकास अभियानका संयोजक तिलक कोइरालालगायतका लागनीकर्ताहरूले नेपाल स्टक एक्सचेन्जको कार्यालय सिंहदरवार प्लाजामा आइतबारदेखि आमरण अनसन सुरु गरेका हुन । 

बजारमा जोखिम बढेको र बजार विकास व्यवधानहरू आइपर्दा समेत सरोकारवालाहरूले गरेको प्रतिवद्धता २ वर्षसम्म पुरा नगरेले आमरण असनमा बसेको उनीहरूले बताएका छन् । पूँजी बजारको विकास, विस्तार र सुधारका लागि लगानीकर्ताहरूले २०७५ सालमा चर्को आवाज उठाएर पछि सरकार (अर्थ मन्त्रालय) ले डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा मुद्रा र पूँजी बजार सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको थियो ।

Read More
  • MBL - below news