नागरिक लगानी कोषको सेयरमा १२ अर्ब लगानी, मुद्दति निक्षेपमा १ खर्ब धेरै


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नागरिक लगानी कोषको सेयरमा १२ अर्ब लगानी, मुद्दति निक्षेपमा १ खर्ब धेरै

काठमाडौं :  नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३२ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ८.५४% धेरै हो । अघिल्लो वर्ष कोषले २९ करोड ७२ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । यसअवधिमा कोषको ब्याज आम्दानी ५ करोड २५ लाख रुपैयाँबाट बढेर ७ करोड ६५ लाख रुपैयाँ कायम भएको छ । 
 

यता, गत वर्ष ४५ करोड रुपैयाँ रहेको सेवा शुल्क तथा कमिसन आम्दानी यस वर्ष बढेर ४८ करोड १९ लाख भएको छ । हाल कम्पनीको सेयर पुँजी १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सेयर पुँजी १ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । जगेडा कोषमा भने १३ अर्ब ७ करोड रुपैयाँ छ । 

पुस मसान्तसम्म कोषले मुद्दति निक्षेपमा १ खर्ब १ अर्ब रुपैयाँ राखेको छ भने संगठित संस्थाको सेयरमा १२ अर्ब ८३ करोड रुपैयाँ लगानी गरेको छ ।

Read More
  • MBL - below news