महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदनको ओइरो लागेको छ ।
माघ ३० गते अर्थात शुक्रबारदेखि निष्कासन भएको आईपीओमा आइतबार ११ :४० बजेसम्म ८४ लाख ७५ जना आवेदकबाट १२ लाख ३ सय १० कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्टले अर्थ संसारलाई जानकारी दिएको छ ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
लगानीकर्ताहरुले उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि छिटोमा फागुन ४ गतेदेखि ढीलोमा फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।







