साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ९ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १६.११ अंक घटेर २५२६.९२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९.५५ अंक बढेर २५३६.४७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०६ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा ४५ कम्पनीको १ करोड २२ लाख ४ हजार ५७७ रुपैयाँ बराबरको १६ हजार ८०६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २९ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ८ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।







