दोस्रो बजारमा इक्युटिको शेयर मूल्य लगातार बढ्दै जाँदा म्युचुअल फण्डका इकाई डिस्काउन्ट रेटमा किन बेच भइरहेको छ। लगातार नेट एसेट भ्यालु (न्याभ) बढ्दै जाँदा उनीहरूको इकाई डिस्काउन्टमा पाइन थालेको हो।
दोस्रो बजारमा सूचिकृत म्युचुअल फण्डको इकाई १२ देखि २९.०९ प्रतिशत सम्मको डिस्काउन्टमा कारोबार भइरहेका छन्। सूचिकृत सबै १७ म्युचुअल फण्डका इकाई डिस्काउन्ट रेटमा किनबेच भएका हुन्। डिस्काउन्ट रेटमा कारोबार भइरहेका मध्ये दोस्रो बजारमा सबैभन्दा बढी डिस्काउन्ट एनएमबि क्यापीटलले निष्कासन गरेको 'एनएमबि ५०'को छ। उसको प्रति इकाई २९.०९ प्रतिशत डिस्काउन्टमा कारोबार भइरहेको छ। सबै भन्दा कम डिस्काउन्ट एनआइबिएलएस क्यापिटलले निष्कासन गरेको "एनआइबिएल समृद्धि फण्ड-१" को छ। उसको १२.५९ प्रतिशत डिस्काउन्टमा अन्तिम कारोबार भएको छ।
पछिल्लो समय दोस्रो बजार म्युचुअल फण्डले निकै राम्रो आम्दानी गरेका छन्। दैनिक आम्दानी बढेपछि डिस्काउन्ट रेट बढ्दै गएको हो। यस साता सबैभन्दा बढी डिस्काउन्ट रेटमा कारोबार भएको एनएमबि ५० को नेट एसेट भ्यालु १५ रुपैयाँ ७८ पैसा छ। सोही इकाईको यस साताको अन्तिम कारोबार मूल्य ११ रुपैयाँ १९ पैसा मात्रै छ। उसको न्याभ भ्यालुको आधारमा बजार मूल्य २९.०९ प्रतिशत कम छ। ...







