नेप्से २५०० भन्दा माथि लागेपछि लगानीकर्तामा थप कौतुहलता, अब के हुन्छ ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्से २५०० भन्दा माथि लागेपछि लगानीकर्तामा थप कौतुहलता, अब के हुन्छ ?

 

काठमाडौं : यस साता नेप्से २५२६.९२ विन्दुमा बन्द भएको छ । जुन गत साताको अन्तिम विन्दु २४७५.२७ को तुलनामा २.०९% धेरै हो । यस साता नेप्सेमा सामान्य करेक्सन भएपनि कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ । सोमबार नेप्सेमा हालसम्मकै उच्च १०.५७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अन्तिम दिन बिहीबार पनि ८ अर्ब ४१ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने बजार पुँजीकरण ३४ खर्ब ६ अर्ब रुपैयाँ भन्दा बढी कायम भएको छ । 

अब के होला ? 

नेप्से सूचक २५ सय विन्दु लागेपछि आम लगानीकर्तामा थप उत्सुकता र कौतुहलता वृद्धि भएको छ । बजार अब कता जाला ? कतिसम्म बढ्ला ? तत्काल करेक्सन होला वा नहोला भन्ने नै आम लगानीकर्ताको चासो र जिज्ञासा हो । सेयर बजारको गति र प्रवृत्तिका बारेमा ढ्याक्कै ठोकुवा गर्न सकिंदैन । तथापि, विभिन्न तथ्य र कारणहरुका आधारमा अनुमान लगाउन भने सकिन्छ । बजार लगातार बढ्दो क्रममा रहेको छ ।

अहिले बुल रन चलिरहेको छ । ब्याजदर सस्तो छ । सजिलै सेयर कर्जा पाइन्छ । नयाँ लगानीकर्ता थपिएका छन् । अनलाइन प्रणालीले निकै सजिलो भएको छ । बैंकिङ लगायत अन्य कतिपय समूहको भाउ अझै निकै तल्लो विन्दुमै रहेको छ । यी तथ्यहरुका कारण बजार दीर्घकालमा फेरि माथि नै जाने अनुमान गर्न सकिन्छ । 

Read More
  • MBL - below news