यी ५ कम्पनीका हकप्रद आउँदै, कसको कति ? (सूचीसहित)


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
यी ५ कम्पनीका हकप्रद आउँदै, कसको कति ? (सूचीसहित)

काठमाण्डौ । निकट समयमै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ५ कम्पनीका हकप्रद सेयर आउने भएका छन्। 

जलविद्युत समूहतर्फ ङादी हाइड्रोपावर, बरुण हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावरका हकप्रद पाइपलाइनमा रहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ। यस्तै अन्य समूहतर्फ भने हाइड्रोइलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनी र विकास बैंक समूहअन्तर्गत कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद आउने तरखरमा रहेको बोर्डले जनाएको छ। 

यी कम्पनीका कुल ५ कम्पनीका १२ करोड २३ लाख ९९ हजार ३६१.४० कित्ताबराबर १२ अर्ब २३ करोड ९९ लाख ३६ हजार १४० रुपैयाँका हकप्रद पाइपलाइनमा छन्।

धितोपत्र बोर्डको पाइपलाइनमा श्रीराम सुगर मिल्सको हकप्रद पनि छ। यो कम्पनीले १ः३ अनुपातमा ८९ लाख ३ हजार ९४९.८१ कित्ता निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ। तर यो कम्पनी सूचीकरणबाट खारेज भइसकेको छ। 

Read More
  • MBL - below news