एनआइसी एसियाको डेबिट कार्ड अनलाइनमार्फत ब्लक हुने


  • KBL News Ad
  • ADBL
  • City Express
एनआइसी एसियाको  डेबिट कार्ड अनलाइनमार्फत ब्लक हुने

एनआइसी एसिया बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सुविधा सुरु गरेको छ । बैंकले  ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी डेबिट कार्ड हराए वा बिग्रिए तथा आपत्कालीन अवस्थामा त्यसलाई ब्लक गर्न सक्ने सेवा ल्याएको हो । 

ग्राहकलाई हरेक कामका लागि बैंकको शाखा पुग्नुनपरोस् भन्ने उद्देश्यले आफ्नो वेबसाइटमा रहेको आइसर्भ डिजिटल सेवामार्फत डेबिट कार्ड ब्लक गर्न सकिने व्यवस्था मिलाएको छ । ग्राहकको आवेदनअनुसारको डेबिट कार्ड ब्लक भएपछि बैंकले ग्राहकलाई एसएमएसमार्फत खबर गर्ने व्यवस्थासमेत रहेको जनाइएको छ ।

आइसर्भमार्फत मोबाइल बैंकिङ सेवा, ग्राहकसम्बन्धी सेवा, टेलर सेवा र डेबिट कार्डसम्बन्धी सेवाहरू प्राप्त गर्न सकिने व्यवस्था रहेको बैंकले जनाएको छ । बैंकले हाल देशभरमा ३ सय ३९ शाखा, ४ सय ७१

Read More
  • EBL Ad news