आज कुन कुन बैंकले कति बजेसम्म आफ्ना शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दैछन ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आज कुन कुन बैंकले कति बजेसम्म आफ्ना शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दैछन ?

कम्पनी रजिस्ट्रारको कार्यालय र नेपाल स्टक एक्सचेन्जले प्राइभेट ओटिसि (ओभर द काउन्टर) को कार्य अघि बढाउने निर्णय गरेका छन्। प्राइभेट कम्पनीको शेयर खरिद बिक्रीमा मनपरी हुन थालेपछि दुवै निकायले प्राइभेट ओटिसि मार्फत काम अघि बढाउने निर्णय गरेका हुन्।


गत मंगलबार मेरोलगानी डटकमले "प्राइभेट ओटिसि" नहुँदा प्रालीको शेयर खरिद बिक्रीमा मनपरी, दैनिक लाखौँ राजस्व गुमाउँदै सरकार" शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो। समाचार प्रकाशित भएपछि दुवै निकाय  प्राइभेट ओटिसिका लागि तातिएका हुन्।

प्राइभेट ओटिसिको लागि कम्पनी रजिस्ट्रार र नेप्सेले सहकार्य गर्ने भएका छन्। उनीहरू दुवैको सहकार्यमा प्राइभेट ओटिसिको काम अघि बढाउने जनाएका छन्। "प्राइभेट कम्पनीको शेयर खरिद बिक्रि व्यवस्थापन गर्न हामी प्राइभेट ओटिसिको मोडलमा जाँदैछौँ। यसको लागि नेप्सेसँग सहकार्य गर्ने निर्णय भएको छ," कम्पनी रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार प्रदीप राज अधिकारीले मेरोलगानीसँग भने।

यस अघि नै पब्लिक कम्पनीको शेयर खरिदबिक्री गर्न ओटिसिको स्थापना भइसकेको छ। त्यसैलाई स्तरोन्नति गरेर प्राइभेटको समेत काम गर्ने गरी छलफल अघि बढाइएको अधिकारको भनाई छ। उता नेप्सेले पनि ओटिसिलाई स्तरोन्नति गर्ने भन्दै आएको छ। त्यसको लागि उसले अध्ययन समेत गरिरहेको जनाएको छ। उसले दोस्रो बजारमा सूचिकृत नभएका र सूचीकरणबाट खारेज भएका कम्पनीको शेयर कारोबारमा थप सहजीकरण गर्न भन्दै कारोबारलाई समेत स्वचालित गराउने विषयमा काम गरिरहेको जनाएको छ। त्यसमा पनि प्राइभेट कम्पनीको समेत कारोबार गर्ने प्रस्तावले ओटिसिलाई थप व्यापक बनाउने भन्दै नेप्सेले उक्त प्रस्तावलाई अघि बढाउने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताएर सकारात्मक तरिकाले काम अघि बढे छिट्टै प्राइभेट कम्पनीको शेयर खरिद बिक्री व्यवस्थित हुनेछ।

Read More
  • MBL - below news