महिला लघुवित्तको आइपीओ शुक्रबारबाट खुला : कम्पनी कस्तो छ, कति कित्ता भर्दा ठीक ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
महिला लघुवित्तको आइपीओ शुक्रबारबाट खुला : कम्पनी कस्तो छ, कति कित्ता भर्दा ठीक ?

काठमाडौं : महिला लघुवित्त वित्तीय संस्थाले शुक्रबार (माघ ३० गते) देखि ४ लाख कित्ता आइपीओ बिक्री खुला गर्दैछ । यसमध्ये ०.५% (५ हजार कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५% (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

महिला लघुवित्तको आइपीओ फागुन २ गतेसम्म भर्न सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन १२ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । यो आइपीओमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्दैछ । 

रेटिङ 

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले महिलाको लघुवित्तलाई “इक्राएनपी बीबी” रेटिङ प्रदान गरेको छ । जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको आधार जनाउँछ । इक्रा नेपालले सन् २०२० अक्टोबर २१ मा यो रेटिङ दिएको हो । यो रेटिङ सन् २०२१ अक्टोबर २० सम्म बाहल रहनेछ ।

कति कित्ताका लागि दिने आवेदन ? 

नेपालमा पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्या अत्याधिक देखिएको छ । प्राथमिक र दोस्रो बजार दुवैमा लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको छ । जसका कारण दुई वटै बजारमा नयाँ नयाँ रेकर्डहरु बन्दै गएका छन् । आइपीओमा आवेदन दिनेको संख्या पनि उच्च रहेको छ । गत मंगलबार बिक्री बन्द भएको ग्रीनलाइफ हाइड्रोपावरमा माग भन्दा ७.३० गुणा बढी आवेदन परेको छ । ...

Read More
  • MBL - below news