एक वर्षमा दोब्बरसम्म बढ्यो बैंककाे सेयर मूल्य, कुन बैंकको कति बढ्यो?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एक वर्षमा दोब्बरसम्म बढ्यो बैंककाे सेयर मूल्य, कुन बैंकको कति बढ्यो?

भोलि सेयर बजार घट्छ या बढ्छ भनेर कसैले यकिन गर्न सक्दैन। केही आधार केलाएर अनुमानकै भरमा सेयर बजारमा लगानी हुने गर्छ।

सेयर किन्नेले भोलि बढ्छ भन्ने मान्यता राख्छन् भने बेच्नेले घट्छ भन्ने मान्यता राख्छन्। यही मान्यताले खरिद-बिक्री ‘म्याच’ भई कारोबार सम्पन्न हुन्छ। घटनाक्रमको विकाससँगै कहिले किन्नेले जित्छन् त कहिले बेच्नेले।

बजारमा लगानी गर्नेमध्ये धेरैले मूल्य उतारचढावबाटै फाइदा लिने लक्ष्य लिएका हुन्छन्। कम्पनीहरूले दिने वार्षिक प्रतिफलभन्दा मूल्य उतारचढाव नै बढी फाइदामूलक र बढी जोखिमयुक्त पनि छ। 

उदाहरणका रूपमा, सबभन्दा धेरै लाभांश दिएको नबिल बैंकलाई हेरौं। गत वर्षको नाफाबाट बैंकले कुल ३५‍‍.२ प्रतिशत लाभांश दिएको थियो। जबकि समायाेजनपछि पनि कम्पनीको सेयर मूल्य वृद्धिदर ६२.६५ प्रतिशत छ। यही कारण प्रतिफल कुर्नुभन्दा उचित मूल्य पाएमा सेयर बेच्ने रणनीति अधिकांश लगानीकर्ताले लिएका हुन्छन्।  

Read More
  • MBL - below news