नेप्सेमा १० लाख ४० हजार कित्ता शेयर सूचीकृत


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा १० लाख ४० हजार कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मितेरी डेभलपमेण्ट बैंक लिमिटेडको १५ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस वापतको १० लाख ४० हजार ५६ दशमलव ८७५ कित्ता शेयर बिहीवार नेप्सेमा सूचीकृत गराएको हो । 

आइतवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा शेयर जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

कम्पनीले उक्त बोनस शेयर गत पुस २७ गते सम्पन्न १५औं वार्षिक साधारणसभामार्फत पारित गरेको  हो । उक्त सभाले कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश समेत पारित गरेको छ । 

Read More
  • MBL - below news