राष्ट्रबैंकका खेलाडी सेयर कर्जाको सीमा घटाउने प्रयासमा, अर्थमन्त्रीले साथ नदिने संभावना


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्रबैंकका खेलाडी सेयर कर्जाको सीमा घटाउने प्रयासमा, अर्थमन्त्रीले साथ नदिने संभावना

काठमाण्डौ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सेयर बजारलाई प्रभावित पार्ने खालको केही नीतिगत परिवर्तन गर्नुपर्छ भन्दै राष्ट्रबैंकका केही अधिकारी तम्सिएका खुलेको छ । 

मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामै सेयर धितो कर्जाको सीमा ७० प्रतिशतबाट घटाउने नीति ल्याइए पनि अर्थमन्त्रीको हस्तक्षेप र लगानीकर्ताको तीव्र विरोधका कारण कार्यान्वयनमा आउन नसकेको विषयलाई राष्ट्रबैंकका केही अधिकारीहरुले दोश्रो त्रैमासिक समीक्षामार्फत ल्याउने प्रयास थालेका हुन् । 

यही प्रयास अन्तर्गत राष्ट्रबैंकका केही अधिकारीहरुको जोडबलमा सेयर धितो कर्जाको सीमा घटाउने विषयमा समेत केन्द्रीय बैंकमा छलफल सुरु भएको छ । ‘बिहीबारदेखि सेयर धितो कर्जाको सीमामा पुनरावलोकन गर्नुपर्छ कि भन्ने विषय पनि छलफलमा आएको छ ।’ राष्ट्रबैंकका एक उच्च अधिकारीले भने–‘राष्ट्रबैंकले पहिलो त्रैमासकै समीक्षामा यो विषय ल्याउन खोजेको थियो, तर अर्थको हस्तक्षपेका कारण अन्तिम अवस्थामा ब्याक हट्नुपर्यो । अहिले फेरि यो विषय अगाडि बढेको छ । अर्थले ग्रीन सिग्नल दिन्छ या दिंदैन भन्ने विषय अझै अन्यौलमै छ ।’ 

Read More
  • MBL - below news