ग्रीन डेभलपमेण्ट बैंकको लाभांश संशोधन


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
ग्रीन डेभलपमेण्ट बैंकको लाभांश संशोधन

माघ २९, काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले लाभांश संशोधन गरेको छ । यसअघि ५ दशमलव १० प्रतिशत लाभांश प्रस्ताव गरेको यस कम्पनीले अब ४ प्रतिशत लाभांश दिने भएको हो । 

कम्पनीको पुस २७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ सम्मको वितरणयोग्य नाफा र शेयर प्रिमियम बापतको रकमबाट ४ दशमलव ८५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्दा राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश संशोधन गरेको कम्पनीका सञ्चालन प्रमुख सुसिल पौडेले जानकारी दिएका छन् । 

उनका अनुसार गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट २ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २० प्रतिशत नगद लाभांशसँगै शेयर प्रिमियम बापतको रकमबाट १ प्रतिशत बोनस शेयर वितरण गर्न लागिएको हो । 

Read More
  • MBL - below news
  • EBL Ad news