सेयरबजारको लागि पनि एजेन्टको ब्यबस्था गर्ने प्रक्रिया अन्तिम चरणमा, के के गर्छन काम ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयरबजारको लागि पनि एजेन्टको ब्यबस्था गर्ने प्रक्रिया अन्तिम चरणमा, के के गर्छन काम ?

नेपाल धितोपत्र बोर्डले शेयरबजारको आधिकारिक प्रतिनिधि तोक्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । बोर्डले यसबारेको अध्ययन सकेर सरोकारवालाहरु सँग छलफल समेत गरिसकेको छ ।  

बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले यसबारे अध्ययन सकेर इन्टर एजेन्सी छलफल समेत भईसकेको बताए। उनले ब्रोकर, सिडीएस, नेप्से लगायतसँग यसबारे छलफल भइसकेको बताए । देशका विभिन्न ठाउँमा गएर सेयरबजारको बारेमा जानकारी दिने उदेश्यले आधिकारिक प्रतिनिधि चयन गर्ने प्रकृया अगाडी बढाईएको उनले बताए । 

यसका लागि बोर्डले बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीको संयोजकत्वमा एउटा समिति समेत बनाएको थियो। उक्त समितिले सेयरबजारको लागि आधिकारिक प्रतिनिधि चयन गर्दा यसले पार्ने प्रभाव, चयन प्रकृया, उनीहरुको सेवा सुविधा लगायतका बिषयमा अध्ययन गरि सकेको छ। 

यतिमात्र नभई आधिकारिक प्रतिनिधि चयनका लागि चाहिने परीक्षाको मोडालिटी र परीक्षामा सोधिने सम्भावित प्रश्नहरुको संगालो निर्माण समेत उक्त समितिले गरेको छ । बोर्ड अध्यक्ष ढुंगानाका अनुसार अब छिट्टै बाँकि काम सकेर यसलाई अन्तिम रुप दिईने छ । 

Read More
  • MBL - below news