नेपाल स्टक एक्सचेञ्जले वार्षिक प्रतिवेदन नबुझाएका भन्दै कारोबार रोक्का गरेको सात कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ।
नेप्सेले माग गरे अनुसारका विवरण उपलब्ध गराएपछि कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।
नेप्सेले कर्णाली डेभलपमेन्ट बैंक, युनिभर्सल पावर कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स, युनियन हाइड्रो पावर,पाँचथर पावर कम्पनी, नेशनल माइक्रोफाइनान्स र राधि विद्युत कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो । ...







