नेपाल स्टक एक्सचेन्ज नेप्सेले ७ कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेको वेबसाइटमा वित्तीय विवरण गरेपछि नेप्सेले ति कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको हो ।
शेयर कारोबार फुकुवा हुनेमा कर्णाली डेभलपमेन्ट बैंक, गुराँस लाइफ इन्स्योरेन्स, पांचथर पावर कम्पनी, राधि विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रो पावर र नेशनल माइक्रोफाइनान्सको शेयर कारोबार फुकुवा गरेको हो ।
नेप्सेले यी कम्पनीले नेप्सेले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम २ बमोजिम धितोपत्र बोर्डमा पेश गर्नुपर्ने बार्षिक प्रतिवेदन तथा वित्तीय विवरण तथा सूचीकरण विनीयामावली ७५ को विनियम अनुसार नेप्सेमा पेश गर्नुपर्ने विवरणहरु पेश नगरेकाले कारोबार रोक्का गरेको थियो । ति कम्पनीले कम्पनी लगइन मार्फत उल्लेखित विवरण सबैले हेर्न सक्ने गरि नेप्सेको वेबसाइटमा अपलोड गरी कारोबार फुकुवा गरिदिन आग्रह गरेकोले सोहि अनुसार कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।






