काठमाडौं : बैंकिङ समूहको सेयर कारोबारमा तेजी आएको छ । यसैगरी, विकास बैंक, फाइनान्स, होटेल, निर्जीवन बिमा समूहहरुमा सुधार देखिएको छ । तुलनात्मकरुपमा बैंकहरुको सेयर भाउ निकै सस्तो छ । मजबुत संस्थाको पनि मूल्य खास वृद्धि हुन सकेको छैन । यसर्थ, तथ्यांक तथा सूचकहरु अध्ययन गरेर पनि लगानीकर्ताहरु विस्तारै बैंकिङ समूहतिर आकर्षित हुन थालेको अनुमान गरिएको छ ।
अरु समूहको सेयर आपूर्ति कम छ । तर बैंकिङ बढी भएकाले यो समूहले विस्तारै सुधार गर्दै जाने देखिन्छ । पछिल्ला दिनहरुमा विशेषगरी, ग्लोबल आइएमई, प्रभु, नबिल कुमारी, एनसीसी लगायतका बैंकहरुमा चमक देखिएको छ । क्रमशः अरु कम्पनीहरुमा पनि सुधार हुने अपेक्षा गरिएको छ ।
नेप्से सूचक बुधबार ८.६६ अंकले बढेर २५४३.०३ विन्दुमा आइपुगेको छ । ७ करोड ६४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९१ कम्पनीको १ करोड ४९ लाख कित्ता भन्दा बढी कारोबार भएको छ । १२ मध्ये ५ समूहको सूचक वृद्धि भएको छ । ३ कम्पनीको भाउ ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कारोबार रकममा ग्लोबल आइएमई, प्रभु र कुमारी बैंक क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
सेयर बजारमा यसकार बढ्नेछ अझै उत्साह
अनलाइन प्रविधिले सेयर बजारमा थप उत्साह बढाएको हो । पुँजी बजार प्रविधिमैत्री बनेको छ । विगतमा सेयर बेच्न कागजी प्रमाणपत्र लिएर ब्रोकर कार्यालयसम्म धाउनु पर्दथ्यो । लाभांश लिन पनि निकै झन्झटिलो थियो । सेयर रजिष्ट्रार तथा कम्पनीको सेयर शाखामा घन्टौं लाइन बस्नुपर्ने बाध्यता थियो । अहिले यी सबै समस्या समाधान भएका छन् । घर वा कार्यालयमा बसेर एक क्लिक गरेको भरमा सेयर किनबेच गर्न पाइन्इछ । कम्पनीले दिने नगद लाभांश अनि बैंक खातामा बोनस सेयर डिम्याट खातामा आइपुग्छ । ...







