बुधबार एशियाली शेयर बजारमा नयाँ रेकर्ड, भारतीय शेयर बजारमा भने गिरावट


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बुधबार एशियाली शेयर बजारमा नयाँ रेकर्ड, भारतीय शेयर बजारमा भने गिरावट

बुधबार एशियाली शेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ। अमेरिकाबाट ठूलो वित्तिय प्रोत्साहनको आशा र लामो समयसम्म ब्याजदरमा कमीका कारण महामारीबाट विश्वव्यापी सुधार हुनेमा लगानीकर्ता आशावादी भएसँगै शेयर बजारमा वृद्धि देखिएको हो।

 

यस दिन यूरोस्टक्स फ्युचर ०.४७ प्रतिशतले र बेलायतको एफटिएसई फ्युचर्स ०.५६ प्रतिशतले बढेर कारोबार भइरहेकाले युरोपियन शेयर उकालो लाग्ने आशा गरिएको छ।

बुधबार एक्स जापान एशियन शेयर सूचक ०.८६ प्रतिशतले वृद्धि भएको छ। यसले जनवरीमा कायम गरेको उच्चतम विन्दुलाई पार गरेको हाे।

यस्तै चीनको सिएसआई ३०० सूचक १३ वर्ष यताकै उच्च रही २.१ प्रतिशतले बढेको छ। सांघाई कम्पोजिट भने पाँच वर्ष यताकै उच्च रहेर बन्द भएको छ। जापानको निक्केई सूचक ०.१९ प्रतिशतले उकालो लागेको छ भने अमेरिका लागि ई मिनी फ्यूचर्स एस एण्ड पी ५०० सूचक ०.३५ प्रतिशतले बढेको छ।

Read More
  • MBL - below news