कहिलेबाट खुल्छ रोक्का गरिएका १३ कम्पनीको शेयर कारोबार ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कहिलेबाट खुल्छ रोक्का गरिएका १३ कम्पनीको शेयर कारोबार ?

शेयर कारोबार रोक्का गरिएका कम्पनीहरुको कारोबार कहिले खुल्छ भन्ने बारे आम लगानीकर्ताको चासो बढेको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले १३ कम्पनीको शेयर कारोबार रोक्का राखेको छ । शेयर कारोबार रोक्का हुँदा लगानीकर्ताहरुले खरिद बिक्रि गर्न पाएका छैनन् । 

यी कम्पनीले नेप्सेले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम २ बमोजिम धितोपत्र बोर्डमा पेश गर्नुपर्ने बार्षिक प्रतिवेदन तथा वित्तीय विवरण तथा सूचीकरण विनीयामावली ७५ को विनियम अनुसार नेप्सेमा पेश गर्नुपर्ने विवरणहरु पेश नगरेकाले कारोबार रोक्का गरिएको हो । 

नेपाल धितोपत्र बोर्डका अनुसार अब यी कम्पनीले आर्थिक वर्ष ७५/७६ लेखापरीक्षण गरिएको विवरणहरु बोर्ड, नेप्सेमा बुझाएर आफ्नो वेबसाइटमा लगानीकर्ताको जानकारीको लागि राखेपछि मात्र कारोबार खुला गरिने छ ।  विवरण प्रकाशित नगर्ने कम्पनीहरुलाई नेप्सेले नै कारवाही गर्नु पर्ने भए पनि  नेप्सेले अपेक्षा अनुसार काम नगरेकोले नेप्सेलाई झक्झकाउनको लागि कारोबार रोक्न निर्देशन दिईएको बोर्डले जनाएको छ ।  यी काम गर्ने जिम्मेवारी नेप्से कै भएकोले अब बाँकि काम नेप्सेले नै गर्ने बोर्डले जनाएको छ ।

Read More
  • MBL - below news