२८ माघ, काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले बैंकर शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकिङ क्षेत्रमा ३ दशकल लामो अनुभन भएका शर्मा अनुभवी र कुशल बैंकरको रुपमा चिनिन्छन् । उनी यस अघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका थिए । लगानी बोर्ड र नेपाल इन्फ्रास्ट्र बैंकको सीईओमा पनि उनको नाम चर्चामा थियो ।








