लक्ष्मी बैङ्कको ‘माई मोबाइल मनि’ भिडियो प्रतियोगिताको नतिजा प्रकाशित


  • KBL News Ad
  • ADBL
  • City Express
लक्ष्मी बैङ्कको ‘माई मोबाइल मनि’ भिडियो प्रतियोगिताको नतिजा प्रकाशित

 काठमाडौं । लक्ष्मी बैङ्कले आयोजना गरेको ‘माई मोबाइल मनि’ भिडियो प्रतियोगिताको नतिजा घोषणा गरिएको छ । 

जसमा बिल भुक्तानी तर्फ विराटनगरका लकेश दंगल, भक्तपुरका मन्दिप बखुन्छे र पोखराका विकास त्रिपाठी विजयी भएका छन् । कार्ड सेवा तर्फ काठमाडौंका सन्तोष शाक्य विजयी भएका छन् । यसैगरी, कार्ड रहित नगद निश्कासनमा भरतपुरका भुवन तिवारी विजयी भएका छन् । नगद ट्रान्सफरमा मुस्ताङका छेवाङ गुरुङ विजयी हुन सफल भएका छन् ।

एक नौलो र फरक प्रकारको यो प्रतियोगिता लक्ष्मी बैङ्कको दोस्रो क्राउड सोर्सिङ प्रतियोगिता हो । यस अघि बैङ्कले ‘माई कार्ड आइडिया’ नामक प्रतियोगिता आयोजना गरेको थियो जसमा सहभागीहरुले बैङ्कको डेबिट कार्डको लागी विभिन्न प्रकारका डिजाइन पेश गरी विजयी भएको डिजाइन हाल पनि लक्ष्मी बैङ्कका डेबिट कार्डहरुमा प्रयोग हुँदै आएको छ । 

‘माई मोबाईल मनि’ प्रतियोगितामा भने ५ वटा विभिन्न शिर्षकमा रहेको र सहभागी हरुले प्रत्येक शिर्षकमा ३ मिनट सम्मको १–१ गरी कुल ५ वटा सम्म भिडियो पठाउन सक्ने नियम रहेको थियो । यस व्यवस्थाअन्तर्गत सहभागिहरुले प्रत्येक शिर्षकमा ५० हजार गरी कूल २ लाख ५० हजारसम्म जित्ने अवसर रहेको थियो । 

Read More
  • EBL Ad news