२८ माघ, काठमाडौं । सनराइज बैंकमा बेलाबेलामा सञ्चालक र व्यवस्थापनबीच बिवाद भइरहने गरेको छ । बैंक सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतबीच भएको विवादमा पटक-पटक नेपाल राष्ट्र बैंकले हस्तक्षेपसमेत गर्नु परेको छ ।
केही महिना पहिले केही सञ्चालकहरुले बैंकका सीईओ जनक शर्मा पौड्याललाई जेजसरी हुन्छ हटाउनै पर्ने रणनीति बनाएका थिए । त्यसबेला बैंकका सञ्चालक नै दुई भागमा विभाजित बने । बैंकका अध्यक्ष मोतिलाल दुगडसहित केही सञ्चालक सीईओलाई काम गर्ने सहज वातावरण बनाउनु पर्छ भन्ने पक्षमा थिए भने केही सञ्चालकहरु हटाउनै पर्छ भन्ने पक्षमा थिए ।








