सिडिएससीका सिइओ भन्छन्– ब्रोकर कम्पनीहरुसँग परामर्श गर्नेछौं
भन्दा ‘टी प्लस टु’, तर व्यवहारमा ‘टी प्लस फाइभ’ देखिँदै आएको छ सेयर कारोबारको राफसाफ।
सिडिएस एण्ड क्लियरिङले हालै सेयर कारोबारको राफसाफमा टी प्लस थ्रीलाई घटाएर टु लागू भएको घोषणा गरेको थियो। तर व्यवहारमा भने लगानीकर्ताले यसको प्रभावकारिता महसुस गर्न पाएका छैनन्।
ब्रोकर कम्पनीहरुबाटै हुने ढिलाईका कारण टी प्लस टू व्यवहारिक रुपमा लागू हुन नसकेको हो।
गत मंगलबार इम्पेरियल सेक्युरिटीज कम्पनी (४५) बाट लगानीकर्ता पवन शर्मा पोखरेलले प्रभु इन्स्योरेन्स कम्पनीको ५० कित्ता सेयर बेचेका थिए, तर उनको खातामा सोमबार मात्रै पैसा जम्मा भयो।
व्यवहारमा टी प्लस टु लागू भएको अवस्थामा शुक्रबार उनको खातामा पैसा जम्मा हुनु पर्ने हो। बैंक खातामा पैसा आउन ढिलाई मात्रै भएको छैन, डिम्याट खातामा सेयर आउन पनि ढिलाई हुने गरेको लगानीकर्ता बताउँछन्।
लगानीकर्ता पिताम्बर खरेल भन्छन् ‘धेरैजसो ब्रोकर कम्पनीहरुले यसलाई लागू गर्न सकेका छैनन्, मैले पनि समस्या भोगिरहेको छु।’
सिडिएस एण्ड क्लियरिङका तर्फबाट भने टी प्लस टु लागू भइरहेको बताउँछन् सिइओ पूर्णप्रसाद आचार्य।
‘हाम्रो तर्फबाट कारोबार भएको दुई दिनमै राफसाफ भइरहेको छ’ आचार्यले सेतोपाटीसँगको कुराकानीमा भने ‘हामीकहाँ पनि गुनासा आएका छन्, ब्रोकर संचालकहरुलाई बोलाएर यसबारे फेरि परामर्श गर्ने क्रममा छौँ।’ ...







