यस्ता छन् सेयर बजारमा प्रायः प्रयोग हुने शब्दावली, के हो ब्लुचिप सेयर र बुक क्लोजको अर्थ ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
यस्ता छन् सेयर बजारमा प्रायः प्रयोग हुने शब्दावली, के हो ब्लुचिप सेयर र बुक क्लोजको अर्थ ?

काठमाण्डौ । सेयर बजारमा विभिन्न समयमा भिन्न–भिन्न शब्दहरु सुन्न पाइन्छ। हरेक शब्दको अर्थ हुन्छ। लगानीकर्तालाई त्यस्ता शब्दावलीको राम्रो ज्ञान हुन अत्यन्त आवश्यक हुन्छ। 

शब्दज्ञानले बजारमा आफ्नो रणनीति तय गर्न र बढीभन्दा बढी प्रतिफल आर्जन गर्न लगानीकर्तालाई सहज हुन्छ। त्यसैले सेयर बजारमा प्रयोग हुने केही शब्दको अर्थ प्रस्ट पार्ने कोसिस हामीले यहाँ गरेका छौँ। 

साधारण सेयर

कुनै पनि कम्पनीले कमाएको मुनाफाबाट अग्राधिकार सेयरधनीहरुलाई तोकिएको लाभांश वितरण गरिसकेपछि बाँकी हुन गएको रकमबाट वितरण गर्ने गरी जारी गरिएको धितोपत्रलाई साधरण सेयर भनिन्छ। यी सेयरधनीलाई कम्पनीको महत्वपूर्ण निर्णयहरुमा तथा सञ्चालक समितिको चुनावमा भोट दिने अधिकार हुन्छ। साधरण सेयरमा प्राप्त हुने लाभांश निश्चित हुन्न भने सेयरधनीले बढी जोखिम उठाउनुपर्छ। दोस्रो बजारमा हुने सेयर कारोबार साधारण सेयर हुन्।

Read More
  • MBL - below news