१० लाख आवेदकले ग्रिनलाइफ हाइड्रोको आईपिओ नपाउने, कति पर्यो आवेदन ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
१० लाख आवेदकले ग्रिनलाइफ हाइड्रोको आईपिओ नपाउने, कति पर्यो आवेदन ?

ग्रीनलाइफ हाइड्रोले निष्काशन गरेको आईपिओमा १३ लाख बढी आवेदकले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन आज साँझ ५ बजेसम्ममा कम्पनीको आईपिओमा १३ लाख ३७ हजार ९ सय ४२ आवेदकले २ करोड ३९ लाख ७६ हजार ६ सय कित्ताको लागि आवेदन दिएका हुन् ।  यो माग भन्दा ७.३७ गुणा बढी हो । 

कम्पनीले माघ २३ देखि  प्रति कित्ता एक सय रुपैयाँका दरले ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर बिक्रिमा राखेको थियो। कम्पनीले आयोजना प्रभावित दोलखाका स्थानीयहरुलाइ निष्काशन गर्दा बिक्रि नभएको १६ लाख ९६ हजार ४०० कित्ता सहित गरि कम्पनीले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता आइपीओ बिक्रि खुला गरेको हो।

बिक्रि खुला गरिएको मध्ये ६९ हजार ९२८ जना कित्ता हाइड्रोका कर्मचारीका लागि,१ लाख ७४ हजार ८२० कित्ता म्युचुअल फन्डको लागि र बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो। 

Read More
  • MBL - below news