माघ २७, काठमाडौं । प्रभु बैंकले ऋणपत्र निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) मा निवेदन दिएको छ ।
कम्पनीले रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि माघ २५ गते बोर्डमा निवेदने दिएको हो ।
कम्पनीले ८ दशमलव ५ प्रतिशत ब्याजदरमा आगामी १० वर्ष सम्मका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । ४० लाख कित्ता ऋणपत्र मध्ये १६ लाख कित्ता सर्वासाधारणको लागि निष्कासन गर्नेछ भने २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ । विक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड रहेको छ ।






.jpg)


