नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार संस्थाको १३ लाख ४८ हजार ९ सय ८५ दशमलव १४ कित्ता बाेनस सेयर सूचिकृत भएको हाे ।
संस्थाको मंसिर २२ गते सम्पन्न २२औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत गरी ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो । सोहि बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।







