काठमाडौं : सेयर बजारले सोमबार पनि नयाँ रेकर्ड कायम गरेको छ।नेप्से सूचकसँगै कारोबारमा पनि उत्तिकै उत्साह देखिएको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार ३७.४८ विन्दुले बढेर नेप्से दुई हजार ५६१.४७ मा पुगेको छ भने कूल २०६ कम्पनीको दुई करोड ११ हजार ५५५ कित्ता शेयर रु १० अर्ब ६१ करोड ९१ हजार ६३ हजार ८६९ बराबरको कारोवार भएको छ। नेप्से सूचक र कारोबार अहिलेसम्मकै उच्च हो। पछिल्लो समयमा बैंकिङ समूहतिर लगानीकर्ताहरूको आकर्षण देखिएको छ। लामो समय स्थिर रहेको बैंकिङ समूहमा अब विस्तारै चमक आउने अपेक्षा लगानीकर्ताहरूले गरेका छन्।







