एक वर्षमा १०२३ अंकले बढ्यो नेप्से परिसूचक, पौने ३१ खर्बको बजार पुँजीकरण


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एक वर्षमा १०२३ अंकले बढ्यो नेप्से परिसूचक, पौने ३१ खर्बको बजार पुँजीकरण

काठमाडौं । एक वर्षको अवधिमा नेप्से परिसूचक १०२३.२ अंकले बढेको छ । गत आर्थिक वर्षको पुसमसान्तमा १२६३.४ अंक रहेको नेप्से परिसूचक यो पुसको अन्त्यसम्म बढेर २२८६.६ अंक पुगेको छ । गत आर्थिक वर्षको अन्त्य अर्थात असारमसान्तसम्म नेप्से परिसूचक १३६२.४ अंक थियो । 

यो अवधिमा धितोपत्र बजार पुँजीकरण भएर ३० खर्ब ७९ अर्ब ९४ करोड पुगेको छ । गत असार मसान्तसम्म जम्मा १७ खर्ब ९२ अर्ब ७६ करोड बजार पुँजीकरण भएको थियो  । 

चालु आर्थिक वर्षको पुससम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्ष्या २१५ पुगेको छ । सूचीकृत कम्पनीहरूमा १४५ वटा बैंक वित्तीय संस्था तथा बीमा कम्पनी रहेका छन् भने ३७ वटा जलविद्युत कम्पनी, १९ वटा उत्पादन तथा प्रशोधन उद्योग रहेका छन् । 

Read More
  • MBL - below news