मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेको छ।
अघिल्लो कारोबार दिन ३७.४७ अंक बढेर २५६१.४८ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा ०.९५ अंक बढेर २५६२.४३ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५५ अंक बढेको छ।
यस दिन सो सेसनमा ६४ कम्पनीको ३९ लाख १९ हजार ९७५ रुपैयाँ बराबरको ६ हजार २७१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४६ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ७ कम्पनीको शेयरमूल्य भने सो सेसनमा स्थिर रहेको छ। ...







