ग्रीनलाइफको आइपीओ भर्नेको संख्या १० लाख नाघ्यो, मागभन्दा ६ गुणा बढी आवेदन


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ग्रीनलाइफको आइपीओ भर्नेको संख्या १० लाख नाघ्यो, मागभन्दा ६ गुणा बढी आवेदन

काठमाडौं : ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमा १० लाख ७६ हजार ९१४ जना सर्वसाधारण लगानीकर्ताले आवेदन दिएका छन् । बिक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार सोमबार ४ः१८ बजेसम्म १ करोड ९५ लाख २० हजार ७० कित्ताका लागि आवेदन परेको छ । कुल १ अर्ब ९५ करोड २० लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले माघ २३ गते शुक्रबारदेखि सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता आइपीओ खुला गरेको हो ।

 

यसआधारमा, सर्वसाधारणले हालसम्म माग भन्दा ६ गुणा बढी आवेदन दिइसकेका छन् । यसमा मंगलबार (माघ २७ गते) सम्म आवेदन दिन सकिन्छ । ग्रीनलाइफले कुल ३४ लाख ९६ हजार ४०० कित्तामध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणमा जारी गरेको हो ।

Read More
  • MBL - below news