शिवम् सिमेन्टले शेयरमा बहार ल्याएपछि १० वटा सिमेन्ट उद्योग आइपिओको पाइप लाइनमा, कुन कुन सिमेन्टले आइपिओ ल्याउन सक्छन् ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शिवम् सिमेन्टले शेयरमा बहार ल्याएपछि १० वटा सिमेन्ट उद्योग आइपिओको पाइप लाइनमा, कुन कुन सिमेन्टले आइपिओ ल्याउन सक्छन् ?

शिवम् सिमेन्टको प्राथमिक शेयरले दोस्रो बजारमा तहल्का मच्चाएपछि अन्य सिमेन्ट उद्योग पनि आइपिओ निष्कासनको पाइप लाइनमा देखिएका छन्।

पछिल्लो समय मेरो लगानीलाई प्राप्त सूचनाको आधारमा १० वटा सिमेन्ट उद्योगले प्राथमिक शेयर निष्कासनको तयारी गरिरहेका छन्। धेरै जसो सिमेन्ट उद्योगले प्रिमियममा शेयर निष्कासन गर्ने तयारी गरिरहेको बुझिएको छ। केही भने बुक बिल्डिङ विधिमा जाने तयारीमा छन्।

प्राथमिक शेयर निष्कासनको तयारीमा सगरमाथा सिमेन्ट देखिएको छ। उसले प्राथमिक चरणको छलफल सकाएको छ। बिशाल ग्रुपको सहकार्यमा त्रिवेणी ग्रुप अन्तर्गतको सगरमाथा सिमेन्टले प्राथमिक शेयर निष्कासन गर्ने छलफललाई तीव्रता दिएको भएपनि कुन विधिमा जाने भन्ने निर्णय भने गरिसकेको छैन। तर उसले पब्लिकमा शेयर जाने तय भने गरिसकेको विशाल ग्रुपका प्रबन्ध निर्देशक अशोक कुमार अग्रवालले बताए। "हाम्रो लगानीमा स्थापित त्रिवेणी ग्रुप अन्तर्गत रहेको सगरमाथा सिमेन्टलाई हामी सर्वसाधारणमा लैजाँदै छौ। के कसरी लैजाने भन्ने तय भई सकेको छैन। तर हामीले लैजाने भन्ने चाहिँ तय गरिसकेका छौ" अग्रवालले मेरो लगानी सँगको कुराकानीमा भने।

घोराही सिमेन्ट उद्योग विशाल ग्रुपको साझेदारीमा त्रिवेणी समूहको सहायक कम्पनी हो। यसका अन्य सिमेन्ट कम्पनीहरूमा विश्वकर्मा सिमेन्ट,श्री पशुपति सिमेन्ट र कपिलवस्तु सिमेन्ट छन्।  एसियाको सबैभन्दा ठुलो उपत्यका,पश्चिमी नेपालमा अवस्थित घोराहीमा छ। यसले प्रतिदिन १९ सय मेट्रिक टन किङ्कर र २२ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्छ। यो निजी क्षेत्रको सबैभन्दा ठुलो सिमेन्ट उद्योग रहेको कम्पनीको दाबी छ।

Read More
  • MBL - below news