काठमाडौं : सेयर बजारमा सोमबार पनि उत्साह जारी छ । विशेषगरी खरिदबिक्री रकमले नयाँ माहोल खडा गरिरहेको छ । नेप्से सूचक सामान्य हिसाबले वृद्धि भइरहँदा कारोबार रकममा नयाँ माहोल खडा भएको हो । खरिदबिक्रीमा उत्साह बढ्नुको अर्थ बजारमा पर्याप्त मात्रामा क्रेता र बिक्रेता रहेका छन् भन्ने नै हो । सोमबार विशेषगरी बैंकिङ समूहतिर माहोल देखिएको छ । वाणिज्य बैंक, विकास बैंक समूहहरुमा चमक आएको छ ।
यसअघि बेस्सरी भाउ बढेका कतिपय समूहमा यो समाचार तयार पार्दासम्म सामान्य करेक्सन देखिएको छ ।
सेयर बजार बुल रनमा हिँडिरहेको छ । नयाँ लगानीकर्ताहरु थपिएका छन् । अनलाइन प्रविधिका कारण स्वदेश तथा विदेशमा रहेका लगानीकर्तालाई सेयर कारोबार गर्न सजिलो भएको छ । ब्याजदर सस्तो छ ।







