यस कारण अझै बढ्छ बजार, यस्ता छन् लगानीकर्ताको मुहारमा डबल खुसी ल्याउने आधार


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
यस कारण अझै बढ्छ बजार, यस्ता छन् लगानीकर्ताको मुहारमा डबल खुसी ल्याउने आधार

विगत केही समयदेखि नेपालको पुँजी बजार उत्साहपूर्वक तथा सकारात्मक लयमा अगाडि बढिरहेको अबस्थामा आगामी दिशा कुन हुन सक्छ र कारणहरु के–के हुन सक्छन् भन्ने आमलगानीकर्ता (खास गरी साना तथा नवप्रवेशी) को जिज्ञासालाई केही हदसम्म सम्बोधन गर्न सकियोस् भन्ने उद्देश्यले केही विषयलाई बुँदागत रुपमा  प्रस्ट्याउने कासिस गरेको छु। 

१. प्रविधिमा युगान्तकारी परिवर्तन

नेपालको पुँजी बजारमा खासगरी २०६६ सालदेखि चर्चामा आएको सेयरको अभौतिकीकरणसम्बन्धी प्रक्रिया २०७२/७३ साल हुँदै २०७४/७५ तिर आइपुग्दासम्म प्राथमिक बजारमा प्रविधिको अधिकतम प्रयोग गरी आस्बा त्यसपछि सि–आस्बा प्रणालीमार्फत देश–विदेशमा रहेका लाखौँ लगानीकर्ताले आवेदन दिन सक्ने विधिको विकास भएको छ। त्यसले गर्दा सबै पब्लिक कम्पनीहरुमा आमजनतालाई मालिक बन्ने ढोका खुलेको छ। आजभन्दा करिब डेढ वर्ष अघिदेखि दोस्रो बजारमा कागजी झन्झटको अन्त्य गर्दै डिजिटल माध्यमबाट सेयरको पूर्ण अनलाइन खरिदबिक्री तथा राफसाफ प्रणाली लागू भएसँगै काठमाण्डौको रिङरोडभित्र अझ भन्दा पुतलीसडक आसपासमा सीमित लगानीकर्ताका बीचमा हुने कारोबार सात समुन्द्रपारसम्म विस्तार भएको छ। आफू बसेको जुनसुकै देश वा ठाउँबाट इन्टरनेटको प्रयोग गरी लगानी गर्न पाउने र बिक्री गर्न पाउने जुन अवसर प्राप्त भएको छ यसलाई नेपालको पुँजी बजारको क्षेत्रमा एक युगान्तकारी परिवर्तनको संज्ञा दिने गरिन्छ। यसका लागि सम्बन्धित सरोकारवाला निकायको उच्च मूल्यांकन गरिने नै छ।

Read More
  • MBL - below news