काठमाडौं : फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको आठौं वार्षिक साधारण सभाको मिति तय भएको छ । कम्पनीको आइतबार (माघ २५ गते) बसेको सञ्चालक समितिको बैठकले फागुन २१ गते बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । कम्पनीले यसअघिनै गत वर्षको नाफाबाट २५% बोनस सेयर र ६.५८% नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ ।
यो प्रस्ताव पनि सभामा पेश हुँदैछ । सभा प्रयोजनका लागि फरवार्डले फागुन ५ गते बुक क्लोज गर्दैछ । फागुन ४ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । हाल फरवार्डको चुक्ता पुँजी ५० करोड ४ लाख १५ हजार ४०० रुपैयाँ रहेको छ । प्रस्तावित २५% बोनस वितरणपछि यसको चुक्ता पुँजी ६२ करोड ५५ लाख १९ हजार २५० रुपैयाँ पुग्नेछ ।







