सनराइज बैंकको डेपुटी सीइओमा आरती राणा नियुक्त


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज बैंकको डेपुटी सीइओमा आरती राणा नियुक्त

काठमाण्डौ । सनराइज बैंक लिमीटेडको डेपुटी सीइओमा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छिन् । 

बैंकको संचालक समितिको आज बसेको बैठकले डेपुटी जेनेरल म्यानेजर(डिजिएम) राणाको पदोन्नति गर्दै डेपुटी सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

राणा करिब १४ महिनाअघि(२४ अक्टोबर २०१९) ग्लोबल आइएमई बैंक छाडेर सनराइज बैंक आएकी थिइन् । 

नेपालका वाणिज्य बैंकहरुमा डेपुटी सीइओ बन्ने सीमित महिलाहरुको संख्यामा अब राणाको नाम समेत थपिएको हो । 

राणासँग नेपालको बैंकिङ क्षेत्रका विभिन्न विभागमा रहेर काम गरेको १९ वर्षभन्दा लामो अनुभव छ । उनले यसअघि विभिन्न बैंकमा रहेर रिटेल बैंकिङ, मार्केटिङ, ब्राञ्च म्यानेजमेन्ट, कर्पोरेट लेण्डिङ, इन्फ्रास्टक्चर प्रोजेक्टमा फाइनान्सिङ लगायतका विभागमा रहेर काम गरेकी थिइन् । 

Read More
  • MBL - below news