आइतबार शेयर बजारले नयाँ उचाइ र कारोबार रकममा समेत पुन नयाँ रेकर्ड राखेपछि बजारको प्रेसर बढेको छ। नेपालको कुल गृहस्थ उत्पादन (जिडिपी) को थप नजिक लम्कँदै प्रेसरले पनि नयाँ रेकर्ड बनाएको छ।
आइतबार शेयर बजार अहिले सम्मकै सबैभन्दा उच्चतम बिन्दुमा उक्लिएको छ। ४८.७४ अंक उक्लिएर २५२४ अंकको उचाइमा पुग्दै नयाँ रेकर्ड कायम गरेको हो। यसअघि गत बिहीबार मात्रै सूचकले नयाँ रेकर्ड बनाएको थियो। उक्त दिन बजारले बनाएको २४७५.२६ अंकको रेकर्ड आइतबार टुटेको हो।
आइतबार सूचकले र कारोबार रकमले समेत नयाँ रेकर्ड कायम गरेको छ। आइतबार १० अर्ब ४४ करोड रुपैयाँको कारोबार भएर रकमले समेत नयाँ रेकर्ड कायम गरेको हो। यसअघि गत माघ १५ गते भएको नौ अर्ब ८९ करोड रुपैयाँको कारोबारले अहिलेसम्मकै सबैभन्दा बढी रकमको रेकर्ड राखेको थियो। जसलाई आइतबारको कारोबार रकमले तोडेको हो।...







