काठमाडौं : सेयर बजार सूचक नेप्से र कारोबार रकमले अहिलेसम्मकै उच्च कीर्तिमान कायम गरेको भन्दै यस खुशीयालीमा नेप्सेले विज्ञप्ति जारी गरेको छ । अनलाइन प्रणाली, नीति तथा संस्थागत पूर्वाधारहरुमा सुधारका कारण बजारले नयाँ इतिहास रच्न सकेको नेप्सेको भनाई छ ।
नेप्सेका अनुसार हालसम्म अनलाइन कारोबारका लागि ३ लाख २७ हजारभन्दा बढीले युजरनेम र पासवर्ड लिएका छन् । आइतबारको कारोबारमा ५० हजार ९ सय २३ जना लगानीकर्ता सहभागी भएका छन् । यस दिन भएको कारोबारमध्ये ८०.०६ प्रतिशत कारोबार अनलाइनमार्फत भएको हो ।







