खेलाडीको बजार बढाउने नयाँ तरिका,प्रभु र चन्द्रागिरिको कारोबार न्यूनतम मूल्यबाट सुरु


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
खेलाडीको बजार बढाउने नयाँ तरिका,प्रभु र चन्द्रागिरिको कारोबार न्यूनतम मूल्यबाट सुरु

दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताले बजार बढाउने नयाँ नयाँ उपाय लगाउन थालेका छन्। पछिल्लो समय उनीहरूले प्राथमिक शेयरको सकेसम्म न्युनतम मूल्यमा पहिलो कारोबार गराउँदै बजार बढाउने नयाँ उपाय अख्तियार गर्न थालेका हुन्।

 

यस अघि प्राथमिक निष्कासनबाट आएका कुनै पनि शेयरको सबैभन्दा बढी मूल्यबाट सुरु गर्ने ट्रेन्ड रहेको थियो। तर त्यो ट्रेन्डलाई प्रभु लाइफ इन्स्योरेन्सको कारोबारबाट खेलाडीहरूले परिवर्तन गरेका छन्। यस अघि सबैभन्दा बढी मूल्यबाट शेयरको कारोबार सुरु गराउने खेलाडीहरुले प्रभु लाइफको सुरुवाती कारोबार देखि भने सकेसम्म न्यूनतम मूल्यमा कारोबार सुरु गराउन थालेका छन्।

प्राथमिक शेयर निष्कासनपछि दोस्रो बजारमा कारोबारको लागि कुनै पनि कम्पनी सूचिकृत भएपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कारोबारकाे ओपनिङ रेन्ज तोकिदिने गर्छ। उसले कम्पनीको नेटवर्थ अनुसार तीन गुणा बढी सम्मको मूल्य तय गर्दै आएको छ। सोही मूल्यको आधारमा दोस्रो बजारमा कारोबार सुरु हुन्छ।

नेप्सेले पछिल्लो समय प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयर पहिलो कारोबारको लागि १०९.५६ पैसा देखि ३२८.६८ पैसा सम्मको रेन्ज तोकि दिएको थियो। गत पुस १९ गते देखि कारोबार सुरु भएको कम्पनीको पहिलो कारोबार भने १३७ रुपैयाँबाट सुरु गराइयो। जबकि कम्पनीको पहिलो कारोबार नेप्सेले तोकिदिएको अधिकतम रेन्जमा पनि पाँच प्रतिशत बढाएर कारोबार गर्न सकिन्थ्यो। तोकिएको रेन्जको अधिकतम मूल्यमा पाँच प्रतिशत मूल्य बढाएर कारोबार गरेको भए कम्पनीको पहिलो कारोबार नै ३४५.११ पैसा बाट सुरु हुने थियो।

कम मूल्यमा पहिलो कारोबार सुरु गराएका खेलाडीहरुले सुरुमै बढी मूल्यमा कारोबार खोल्न चाहेनन्। तर कम मूल्यमा कारोबार खुलेको कम्पनीको मूल्य भने कारोबार खुलेकै दिनदेखि लगातार बढ्दै गएको थियो। लगातार एक महिनासम्म प्रभु लाइफको शेयर मूल्य लगातार बढ्यो।एक महिनामा २२ कारोबार दिनसम्म बढेको कम्पनीको मूल्य १०१६ रुपैयाँ सम्म पुगेर मात्रै तल ओर्लियो।

गएको एक महिनासम्म प्रि ओपन सेसनमा बजार बढाउने अस्त्रको रुपमा प्रभुलाइफ इन्स्योरेन्सलाई खेलाडीले प्रयोगमा ल्याए। उसको मूल्य प्रि ओपनमै बढ्दा नियमित बजार बढाउन  कम्पनीले केही हदसम्म सहयोग गर्‍यो। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको गत पुस १९ देखि कारोबार खुलेको हो। त्यस यता बजारले ३०२.२९ अंकको वृद्धि कायम गरेको छ। गत पुस १९ गते २१५७.६६ अंकमा रहेको बजार २४५९.५९ अंक सम्म उक्लियो। जुन १२.२७ प्रतिशतको वृद्धि हो।

Read More
  • MBL - below news