नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले आफ्नो कार्यकालमा ४ वटा रेकर्ड बनोस् र केहि महत्वपूर्ण संस्था बजारमा आउन् भन्ने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । अध्यक्ष ढुंगानाले ति मध्ये केहि लक्ष्य पुरा भएको र केहि पुरा हुने चरणमा रहेको बताएका छन् ।
नेप्सेको रेकर्ड
उनले आफ्नो कार्यकालमा शेयरबजार परिसूचक नेप्सेले रेकर्ड कायम गरोस् र कारोबार रकम उच्च होस् भन्ने चाहेको बताए । यो पुरा भईसकेको छ । नेप्सेले उनकै कार्यकालमा अल टाइमको हाई रेकर्ड बनाईसकेको छ भने कारोबार रकममा पनि रेकर्ड बनाईसकेको छ ।
आईपिओ निष्काशनमा रेकर्ड
उनले आफ्नो कार्यकालमा सबैभन्दा धेरै आईपिओ निष्काशनको लागि अनुमति प्रदान भई सबैभन्दा बढी आईपिओ निष्काशन होस् भन्ने चाहेको बताए । नेपाल इन्फ्रास्ट्रकचर बैंकले ८ अर्बको आईपिओ निष्काशन गरेपछि अध्यक्ष ढुंगानाको यो चाहना पनि पुरा भएको छ ।






