मेगा बैंकले व्यवसायीहरुलाई सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने, भयो सम्झौता पत्रमा हस्ताक्षर


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मेगा बैंकले व्यवसायीहरुलाई सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने, भयो सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । मेगा बैंक लिमिटेडले व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । बैंकले तयारी पोशाक व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । बैकका तर्फबाट प्रमुख साना तथा मझौला कर्जा जनक भट्टराई, मेगा क्यापिटल मार्केट्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठ र नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघको तर्फबाट अध्यक्ष किशोर नेपालबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता भने माघ २४ गते शनिबार भएको हो । जसमा मेगा क्यापिटल मार्केट्स लिमिटेडले तयारी पोशाक उत्पादन गर्ने उद्यमी व्यवसायीहरुको व्यवसाय तथा कम्पनी दर्ताको निमित्त आवश्यक कागजात तयार गरिदिने र दर्ताको लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने, आवश्यकता अनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपण लगायतका बैंकमा कर्जाको लागि आवश्यक कागजातहरु तयार गरिदिने तथा आवश्यकता अनुसार सम्बन्धित उद्यमी व्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्ने भएको छ ।

Read More
  • MBL - below news