ग्लोबल आइएमई बैंकको नयाँ शाखा दाङको लमहीमा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
ग्लोबल आइएमई बैंकको नयाँ शाखा दाङको लमहीमा

ग्लोबल आइएमई बैंक लिमिटेडले दाङ्गको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमबीच शाखाको औपचारिक उद्घाटन गर्नुभएको छ । 
शाखा उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले “सबैकालागि बैंक”भन्ने मुलनारालाई चरितार्थ गर्दै बैंकउद्योगी, व्यवसायी एवम् आम सर्वसाधारण सबैको भएको बताउनुभएको छ । 
उहाँले स्थानीय स्तरबाट संकलन हुने रकम स्थानीय स्तरकै आर्थिक, भौतिक र सेवा क्षेत्रको विकासमा लगानी गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो  ।

Read More
  • MBL