सेयर परिसूचक र कारोबार दुबैमा बन्यो नयाँ रेकर्ड


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर परिसूचक र कारोबार दुबैमा बन्यो नयाँ रेकर्ड

साताको पहिलो दिन आइतबार सेयर बजारमा परिसूचक र कारोबार दुवैमा नयाँ रेकर्ड बनेका छन्। नेप्से परिसूचक २५२४ अंकमा पुगेको छ। जुन अंक हालसम्मकै उच्च हो। एकै दिन नेप्से ४८.७४ अंकले बढेको हो। 

परिसूचकमा मात्रै होइन, यस दिन कारोबार रकममा समेत नयाँ रेकर्ड बनेको छ। कुल १० अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

एकै दिन भएको यो कारोबार रकम पनि हालसम्मकै उच्च हो। यसअघि ९ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको रेकर्ड थियो। 

यस दिन बैंकिङ समूह ३.७ अंकले घटेको छ। साथै विकास बैंक समूह १ अंकमुनि रातो रह्यो।

Read More
  • MBL - below news