काठमाडौं : इन्ट्रा डे कारोबारमा नेप्से सूचक फेरि २५०० विन्दु माथि पुगेको छ । यसअघि पनि नेप्सेले २५०० विन्दु पार गरेर फर्किएको थियो । आम लगानीकर्तामा मनोवैज्ञानिक हिसाबले समेत महत्व राख्ने यो विन्दु पार गरेसँगै थप उत्साह र चासो समेत वृद्धि भएको छ । बुलिस ट्रेन्डमा रहेको बजारले क्रमशः नयाँ उचाईहरु तय गर्दैै जानु स्वभाविक हो ।
बजारले लामो समयको बियरिस चक्र पूरा गरेर माथि लागेकाले थप बलियो बन्दै गएको अनुमान विश्लेषकहरुको छ । वित्तीय प्रणालीमा अधिक तरलता, सस्तो ब्याजदर अनि उपयुक्त नीतिनियमले बजारलाई मजबुत बताएको हो । सूचकसँगै खरिदबिक्री रकममा थप उत्साह देखिएकाले पनि लगानीकर्ता उत्साहित भएका छन् ।







