बजार खुलेको १५ मिनेटमै १० लघुवित्तको सेयरमूल्यमा पोजेटिभ सर्किट


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बजार खुलेको १५ मिनेटमै १० लघुवित्तको सेयरमूल्यमा पोजेटिभ सर्किट

काठमाण्डौ । साताको धितोपत्र कारोबारको पहिलो दिन आइतबार बजार खुलेको १५ मिनेटमै लघुवित्त समूहमा उछाल आएको छ। 

यो समाचार तयार पार्दासम्म १० वटा लघुवित्त कम्पनीहरुमा पोजेटिभ सर्किट लागिसकेको छ। जसअनुसार गणपति, डेप्रोक र स्वाभिमान लघुवित्तमा १० प्रतिशत तथा डेप्रोक्स, सूर्योदय, महुली सामुदायिक, किसान, फस्ट माइक्रोफाइनान्स, जनउत्थान सामुदायिक, समिट र ग्रामीण विकास लघुवित्तका सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। 

दोस्रो त्रैमासमा राम्रो नतिजा सार्वजनिक गरेसँग लघुवित्त संस्थाहरुमा लगानीकर्ताहरुको आकर्षण बढेको छ। अहिले बजार लघुवित्त संस्थाहरुको सेयर हारालुछ भइरहेको छ।  

Read More
  • MBL - below news