सपोर्ट लघुवित्तको नाफा १४७.८९% ले बढ्दा इपीएस कति ?


  • ADBL
  • City Express
सपोर्ट लघुवित्तको नाफा १४७.८९% ले बढ्दा इपीएस कति ?

काठमाडौं : सपोर्ट लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा १४७.८९% धेरै हो । गत वर्ष कम्पनीले ६३ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो । यता, कम्पनीले खुद ब्याज आम्दानी ६४.८५% र सञ्चालन नाफा १५०.३९% ले बढाउन सफल भएको छ । यसले गर्दा नाफा चुलिन पुगेको देखिन्छ ।

गत वर्ष २ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यो त्रैमासमा बढाएर ४ करोड १३ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, कम्पनीले सञ्चालन नाफा पनि १ करोडबाट बढाएर २ करोड ५० लाख रुपैयाँ पुर्याएको छ । पुस मसान्तसम्म २१ करोड रुपैयाँ निक्षेप संकलन गरेको यसले १ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । 

Read More