नियन्त्रण गुमाउँदै सेयर बजार


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नियन्त्रण गुमाउँदै सेयर बजार

काठमाडौं : कोरोना महामारी र राजनीतिक संकटको दुष्चक्रमा फसेको अर्थतन्त्र लयमा फर्किन लामो समय कुर्नुपर्ने अनुमान चलिरहेको छ। तर, यही अर्थतन्त्रको ऐना मानिने सेयर बजार लगातार उकालो लाग्दै छ। बढ्दो सेयर बजारले लाखौं नेपालीको सम्पत्ति दुगुना बनाउन सघाएको ‘पारखी लगानीकर्ता’ बताउँछन्। केही विश्लेषक भने अब सेयर बजार अनियन्त्रित हुन थालेको बताउँछन्।

‘सरकार र नियामक निकायले यसरी नै खुला छाडिरहने हो भने सेयर बजार स्वाभाविक स्तरभन्दा धेरै टाढा पुग्छ’, विश्लेषक प्रकाश तिवारी भन्छन्, ‘जुन कुरा बजारका ९५ प्रतिशतभन्दा धेरै लगानीकर्ताका लागि घातक हुन सक्छ।’

धितोपत्र कारोबारसम्बन्धी कानुनले यसरी कुनै पनि कम्पनीको आन्तरिक सूचनाका आधारमा सेयर किनबेच गर्न नपाइने व्यवस्था गरेका छन्। धितोपत्र बोर्डले पटक–पटक सूचना निकालेर यस्तो गैरकानुनी कारोबार नगर्न आग्रह गर्दै आएको छ। तर, न नियामकले यस्तो कारोबारको नियमन गरी कारबाही गर्न सकेको छ न त नियम पालना नै भएको छ।

Read More
  • MBL - below news