कारोबार रकम र कित्ता बाहेक बजारका सबै सुचक सकारात्मक
माघ २४, काठमाडौं । गत साता उत्साह कायम गरेको कारोबार रकम यो साता भने घटेको छ ।
गत साता रू. ४४ अर्ब ४६ करोड ३९ लाख ८१ हजार बराबरको शेयर कारोबार भएकोमा यो साता रू. ४१ अर्ब ६८ करोड ६४ लाख ३ हजार बराबरको शेयर कारोबार भएको हो ।
कारोबार रकम गत साताभन्दा यो साता रू. २ अर्ब ७७ करोड ७५ लाख ७८ हजार कम भएको छ । गत साता दुई कारोबार दिन कारोबार रकमले ऐतिहासिक रेकर्ड ब्रेक गरेको थियो । यो साता भने चौथो कारोबार दिन रू. ९ अर्ब ५३ करोड भन्दा बढीको शेयर कारोबार भएको छ भने दोस्रो दिन रू. ६ अर्ब ९७ करोडभन्दा बढीको कारोबार भएको छ ।
कारोबारको पहिलो दिन रू. ८ अर्ब ९७ करोडभन्दा बढीको र तेस्रो दिन रू. ८ अर्ब ५९ करोडभन्दा बढीको काराबोर भएको छ । साताको अन्तिम कारोबार दिन सबैभन्दा कम रू. ७ अर्ब ६१ करोड भन्दा बढीको शेयर कारोबार भएको छ । यो साता औषतमा करिब ७ अर्बको शेयर कारोबार भएको छ । ...







