नयाँ बुहारीलाई सहकारीको सेयर उपहार


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नयाँ बुहारीलाई सहकारीको सेयर उपहार

काठमाडौं : नयाँ बुहारीलाई सहकारीको सेयर उपहारभन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर, यो वास्तविकता हो । बराहक्षेत्र नगरपालीका सुनसरीमा रहेको चतरा समुदायिक बहुउद्देश्य सहकारी संस्थाले बिहेमा निमन्त्रणा आएको घरमा गएर नयाँ बुहारीलाई सेयर उपहार दिंदै आएको छ । संस्थाकी अध्यक्ष सीता भण्डारी पौडेलले बिहे भएर आएकै दिन नयाँ बुहारीलाई सहकारीको सेयर उपहार दिने गरेको जानकारी दिइन् । उनले भनिन्, ‘बुहारी सेयर उपहार कार्यक्रमअन्तर्गत संस्थालाई आएको निमन्त्रणामा गई बुहारीलाई सेयर उपहार दिई सोही दिन सेयर सदस्य बनाउने गरेका छौं ।’ 

बुहारीको केही रकम बचत होस् भन्ने उद्देश्यका साथ चतरा सहकारीले बुहारी सेयर उपहार कार्यक्रम ल्याएको अध्यक्ष पौडेलले बताइन् । संस्थाले गत आर्थिक वर्षमात्रै ९ जना नयाँ बुहारीलाई सेयर उपहार दिएको जानकारी दिएको छ । नयाँ बुहारीलाई ११ सय रुपैयाँ बराबरको सेयर उपहार दिने गरेको अध्यक्ष पौडेलले बताइन् । उक्त संस्थामा ९५% भन्दा बढी महिला सदस्य छन् भने बोर्डमा ३३% मात्रै पुरुष सदस्य रहेका छन् । 

...

Read More
  • MBL - below news